stcnepal long ad
ime life insurance
national life
global ime bank long

अवैध लागूऔषध सहित पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

काठमाडौं महानगरपालिका महाराजगंजस्थित सडक किनारबाट नियन्त्रित लागूऔषध १ सय एमएलको डाइलेक्स डिसी १० बोतल,  नगद ३५ हजार रुपैयाँ र प्रदेश ३(०२(००८ प ६०१६ नम्बरको स्कुटर सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरपालिकाका  सुगम अमात्य र महोत्तरी बर्दिबास नगरपालिकाका सचिन कुमार खनाल रहेका छन्  । साथै उक्त घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौंको सिनामंगल गैरीगाउँबाट थप ३ जनालाई नियन्त्रित लागूऔषध १ सय एमएलको डाइलेक्स डिसी ५३ बोतल र नाइट्राजेपाम नाईट्राभेट ३० ट्याब्लेट सहित गत शुक्रबार साँझ  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा महमद मेराज, देश यादव र काभ्रेपलाञ्चोकका  सोना भन्ने सक्कली माया डिमडुग स्या रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर लागुऔषध कारोबार मुद्दामा थप अनुसन्धान गरिरहेको उक्त ब्यूरोले जनाएको छ ।

IME Lifesidebar
kumari