citizens life insurance long ad
stcnepal long ad

कृषि विकास बैंकको खुद नाफा २२.९६% घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कृषि विकास बैंकको खुद नाफामा पनि संकुचन आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कृषिले ४६ करोड १४ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो नाफा गत वर्षको २२।९६५ ले थोरै हो । गत वर्ष यसै अवधिमा बैंकले ५९ करोड ९० लाख २३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । असोज मसान्तसम्म यस बैंकको वितरणयोग्य नाफा २२ लाख ९६ हजार रुपैयाँ मात्र छ ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा गिरावट आएपछि खुद नाफा पनि घटेको हो । पहिलो त्रैमाससम्म कृषिको खुद ब्याज आम्दानी १८.२८% ले घटेर १ अर्ब ३६ करोड ७ लाख ३५ हजार रुपैयाँमा आएको छ ।

यस्तै, सञ्चालन नाफा पनि २६.११% ले घटेर ६१ करोड १८ लाख २८ हजार रुपैयाँमा सीमित भएको छ । पहिलो त्रैमासको अन्त्यसम्म १ खर्ब ७० अर्ब ७० करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब ४२ करोड २७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

कृषिको चुक्ता पुँजी १४ अर्ब ९८ करोड ९१ लाख ७२ हजार रुपैयाँ रहेको छ । रिजर्भ कोषमा ११ अर्ब १६ करोड ६९ लाख ६९ हजार रुपैयाँ जम्मा भएको छ ।

रिटेन्ड अर्निङ भने २ अर्ब ७६ करोड २५ लाख ४३ हजार रुपैयाँ छ । खुद नाफा घटेपछि प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँ ७६ पैसाले घटेर १५ रुपैयाँ ९० पैसामा सीमित भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६६ पैसा थियो । यसको प्रतिसेयर नेटवर्थ २४४ रुपैयाँ ९१ पैसा छ ।

IME Life
kumari