stcnepal long ad
nabil bank
macchha(MBL)

एनआईसी एशिया बैंकले अनलाइन कर्जा आवेदन प्रणालीको व्यवस्था

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया बैंकले अनलाइन मार्फत कर्जा आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन प्रणाली’ को व्यवस्था गरेको छ । COVID-19 को महामारीकाबीच सामाजिक दुरी कायम राख्नुपर्ने आजको आवश्यकतालाई महसुस गर्दै यस बैंकले ग्राहकमैत्री एवं सुरक्षित रूपले https://loanapplication.nicasiabank.com मार्फत उक्त अनलाइन कर्जा आवेदन प्रणालीको सुरूवात गरेको बैंकले जनाएको छ ।

यस बैंकले आफ्नो ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन रणनीति अनुरूप आफ्नो सम्पूर्ण व्यवसायिक प्रक्रिया तथा क्रियाकलापहरूलाई डिजिटलतर्फ परिमार्जन गर्न लागिपरेको अवस्थामा विद्यमान कर्जा आवेदन प्रक्रियालाई समेत अनलाइन माध्यमबाट सहजपूर्ण तरिकाले अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको हो ।

कर्जाको आवेदन अनलाइन दिन सकिने उक्त नवीनतम सुरूवातले बैंकको कर्जा आवेदन लिने र प्रक्रियामा लैजाने विद्यमान व्यवस्थालाई विस्थापित गर्नुका साथै बैंकसम्म पुगेर कर्जा आवेदनका निमित्त भौतिक फारम भर्नुपर्ने झन्झटबाट समेत ग्राहकहरूले मुक्ति पाउने बैंकले विश्वास लिएको छ ।

यस मार्फत ग्राहक महानुभावहरूले जुनसुकै स्थानबाट जुनसुकै समयमा आफुले इच्छाएको कर्जाको आवेदन दिन सक्नेछन् । ग्राहकहरूले लिन सक्ने कर्जाको सीमा तथा आयस्रोत अनुसार कर्जा लिन सक्ने क्षमता निक्र्यौल गर्न सकिने व्यवस्था गरिएको छ भने कर्जा लिनका लागि योग्य भए नभएको देखाउनेछ र योग्य भएपश्चात् सम्पूर्ण विवरण अनलाइनमार्फत भरेर ग्राहकहरूले सम्पूर्ण कागजात सोहीमार्फत अपलोड गर्न सक्ने व्यवस्था गरिएको छ ।

यसपछि ग्राहकहरूलाई कर्जा लिनका लागि छनौट गरेको बैंकको शाखा कार्यालयका कर्जा प्रतिनिधीले सम्पर्क गर्नेछन् र सम्पूर्ण आवश्यक कागजात बुझाएको ४८ घण्टाभित्र आवेदकलाई बैंकले कर्जाको निर्णय दिने व्यवस्था गरेको छ ।

साथै आवेदकको कर्जा स्वीकृतिको विभिन्न अवस्था (Status) बारेमा समेत यस बैंकले एसएमएस मार्फत जानकारी गराउँदै आएको छ र ग्राहकहरूले बैंकको वेबसाइटमा गई Loan Status  समेत आफै Track गर्न सक्ने बैंकले बताएको छ ।

prabhu mahalaxmi
kumari