stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

दशैँको अवसरमा ‘बिगो डान्स च्याम्प’ हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपालीहरुको महान पर्व वडा दशैँको अवसरमा ‘बिगो डान्स च्याम्प–२०२०’ हुने भएको छ । किङ ग्रुपको पहिलो प्रस्तुतीको रुपमा यस वर्षको वडा दशैँको पावन अवसरमा बिगो लाइभ नृत्य प्रतियोगिता ‘विगो डान्स च्याम्प–२०२०’ आयोजना हुन लागेको हो ।

बिगो एप मार्फत लाइभ गरिने उक्त प्रतियोगितामा निःशुल्क सहभागि हुन सकिनेछ । असोज २० गतेसम्म आवेदनका लागि मोवाइल नम्वर ९८४१३११५१० मा सम्पर्क गरिसक्नु पर्नेछ ।

विश्वका कुनै पनि गीत, संगीतमा प्रस्तुती दिन सकिने र विश्वका सबै देशबाट सहभागि हुन पाउने प्रावधान रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितालाई ३ चरणमा विभाजन गरिएको छ ।

असोज २१ गतेदेखि अडिसन राउण्ड सुरु हुनेछ । अडिसन राउण्डबाट सेमिफाइनलका लागि २१ जना छनोट हुने छन् । सो पश्चात फाइनलका लागि १० प्रतियोगि छनोट गरि कात्तिक ५ गतेसम्म ग्राण्ड फिनाले हुने जनाइएको छ । प्रतियोगितालाई नेपाल समय अनुसार दिउसो ३ देखि ५ बजेसम्म विगो मार्फत लाईभ प्रशारण गरिनेछ ।

विजयी प्रथम, द्धितीय र तृतीयलाई क्रमश नगद ५० हजार, ३० हजार र २० हजार सहित ट्रफी प्रदान गरिनुको साथै उत्कृष्ट १ जनालाई बिग ब्यानर फिल्ममा अभिनय गर्ने अवसर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

वरिष्ट कोरियोग्राफर महेश गोदार, चलचित्र निर्देशक मुस्कान ढकाल र मोडल तथा नृत्य निर्देशक बिनु शाक्य प्रतियोगिताको निर्णायक भुमिकामा रहेका छन् भने इन्टरट्रेनरमा सुलेमान शंकर ‘इकु’ छन् भने कार्यक्रमलाई सिमोन न्यौपानेले सञ्चालन गर्दैछन् ।

कोरोना कहरको समयमा पनि नृत्य कलामा रुची तथा क्षमता भएका व्यक्तिहरुको हौशला एवं अवसरका लागि बिगो डान्स च्याम्प–२०२० को आयोजना गर्न लागिएको आयोजक संस्था किङ ग्रुपले जनाएको छ ।

prabhu mahalaxmi
kumari