माछापुच्छ्रे बैंकले १०.४ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव
काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक बर्ष २०७६/०७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई चूक्ता पूँजीको १०.४ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने लाभांश घोषणा प्रस्ताव गर्ने निर्णय गरेको छ ।
उक्त लाभांश अन्तर्गत बैंकले ७.०३प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगद लाभांश (कर सहित) नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने समेत निर्णय गरेको छ ।
बैंकको आज असोज १ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । संचालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत दिई बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
बैंकले गत आर्थिक वर्षमा रु.१ अर्व २६ करोड ५१ लाख रुपैया खुद नाफा गरेर प्रतिशेयर आम्दानी रु.१४ रुपैया ९६ पैसा कायम गरेको थियो । चुक्ता पूँजी रु. ८ अर्व ४५ करोड ८४ लाख रहको माछापुच्छ्रे बैंकको साधारण जगेडा कोषमा रु.१ अर्व ७० करोड रुपैया संचित रहेको छ । हाल बैंकको चुक्ता पूँजी आठ अर्ब ४५ करोड रुपैयाँ छ। बोनस वितरण पश्चात् बैंकको चुक्ता पुँजी ९ अर्ब माथि हुने छ ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १५९ वटा शाखाहरु,१३३ शाखा रहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९२ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस (POS Machine) मार्फत बाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।




















