stcnepal long ad
global ime bank long

द्धन्द कलाकार, सहायक द्वन्द्व निर्देशक तथा निर्माता सुरेश सिंह सुरेश पुजारीको १३ औँ दिनको पुण्य तीथिमा श्रद्धाञ्जली कार्यक्रम

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हृदयघातका कारण निधन भएका द्धन्द कलाकार, सहायक द्वन्द्व निर्देशक तथा निर्माता सुरेश सिंह सुरेश पुजारीको १३ औँ दिनको पुण्य तीथिमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ ।
बिहीवार भोटेवहाल स्थित सुरेशकै निवासमा सुरेश नानीकाजी डंगोल (नागे), भानु महर्जन, उत्तम नेवाः उमेश नेवाः राजिव मानन्धर (टार्जन), बाबु खड्गी, रोशन श्रेष्ठ, सुशिल खड्गी, अशोक खड्गी, नरेन्द्र केसी, राजुजंग थापा र राजेन्द्र खड्गी संलग्न राजेन्द्र खड्गी ग्रुपले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा फिल्मकर्मी तथा उनका साथीभाईले सुरेशप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए । सुरेशको सम्झनामा एक मिनेट मौन धारण गरी सुरु भएको कार्यक्रम कोरोना भाईरसको जोखिमलाई ध्यानमा राख्दै आधा घण्टामा समापन गरिएको थियो ।
कार्यक्रममा अभिनेता रमेश उप्रेतीले २०४८ मा आफ्नो पहिलो डेब्यु फिल्ममा सुुरेशसँग काम गरेको स्मरण गर्दै सुुरेश वितेर गएको विश्वास नै गर्न नसकेको बताए । त्यसैगरी सुरेशका समकालीन द्वन्द कलाकार मित्र नानीकाजी डंगोल (नागे) ले सुुरेशलाई स्मरण गर्र्दै भने उहाँ एकदमै राम्रो मान्छे हुनुहुन्थ्यो मिलनसार मिजासिलो र सबैलाई सहयोग गरौ भन्ने भावना राख्नुहुन्थ्यो, कुनै फिल्म काम गर्दागर्दा पैसा पुगेन भने बरु आफँैले विना ब्याज पैसा दिएर सहयोग गर्नुहुन्थ्यो । तर फिल्म अपुरो हुन दिनु हुन्न्थ्यो। उहाँ जस्तो व्यक्ति गुमाउनु पर्दा नेपाली फिल्म क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको छ उनले भने ।
पुजारीको गत भाद्र २० गते राजधानीको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । साँझ ५ बजे इभिनिङ वाकका क्रममा छातीमा अप्ठेरो महसुस भएपछि सुरेश एक भाइका साथ स्वास्थ्य परीक्षणका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए । अस्पतालको गेट अगाडि पुग्दासम्म आराम भइसकेको तथा अहिलेको परिस्थितिमा अस्पताल जानु जोखिम हुने सोची उनी गेटबाटै फर्केका थिए । भोटेबहाल स्थित निवास फर्कने क्रममा बाटोमा आफ्नो समस्या सुनाएर मेडिकलबाट औषधी खरिद गरेर सेवन गरी त्रिपुरेश्वर पुग्दा छातीमा थप पीडा हुन थाले पश्चात् उनी ब्लु क्रस अस्पताल पुगेका थिए । उनीसँगै पुगेका भाइले अस्पतालका चिकित्सकले भने बमोजिम औषधि लिन जाँदा पुजारी अचानक अस्पतालमै ढल्न पुगेका थिए । अस्पतालले पुजारीको हृदयघातका कारण निधन भएको जनाएको थियो ।
फिल्म नाताबाट कलाकारिता सुरु गरेका सुरेशले द्धन्द निर्देशक राजेन्द्र खड्गीको नेतृत्वमा रहेर करिव ३ सय फिल्ममा अभिनय गरेका थिए । उनले २०६५ सालमा फिल्म रणसंग्राम निर्माण गरेका थिए भने २०७१ सालबाट व्यवसायीक रुपमा फिल्ममा प्रयोग हुने उपकरणहरु उपलब्ध गराउँदै आएका थिए।
कार्यक्रममा फिल्मकर्मीहरु राजेन्द्र खड्गी, धिरेन शाक्य, उमेश खड्का, राजकुमार राई, सुर्य थोकर, पुष्कर लामा, पुरुषोत्तम प्रधान, एनबी महर्जन लगायतको सहभागीता रहेको थियो । ५४ वर्षीय पुजारी झन्डै ३ दशकदेखि द्वन्द्व कलाकारिताको क्षेत्रमा सक्रिय रहँदै आएका थिए।

IME Lifesidebar
kumari