stcnepal long ad
global ime bank long

पत्रकार थापालाइ विमा वापतको रु एक लाख रुपैया हस्तान्तरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं  मिसन मिडिया क्लवले आज  नेपाल पत्रकार महासंघ ललितपुरका कोभिड संक्रमित पत्रकार विदुर थापालाइ कोभिड विमाको रु एकलाख रुपैया हस्तान्तरण गरेको छ ।
कोभिड–१९ को सङ्क्रमणको बढ्दो जोखिमका वीच पनि अविराम आफ्नो कर्म क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समिति अन्तर्गत काठमाडौँ, भक्तपुर र ललितपुरका ११९ पत्रकारको सुरक्षाको लागि क्लवको तर्फबाट पत्रकार ‘ पत्रकार कोभिड बीमा’ गरिएको थियो ।

नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका महासचिव समेत रहेका कल्वका अध्यक्ष श्रीजन झाले आज प्रदेश समितिको कार्यकक्षमा आयोजित एक सामान्य कार्यक्रमका वीच पत्रकार थापालाइ बीमा कम्पनी सगरमाथा इन्स्योरेन्सबाट प्राप्त विमा रकम रु १ लाखको चेक हस्तान्तरण गर्नु भएको हो ।

उपत्यका प्रदेश समितिका कोषाध्यक्ष टेकबहादुर रोका, महासंघ ललितपुर शाखाका कोषाध्यक्ष रामहरी कार्की कान्तिपुर हटलाइनका पत्रकारद्धय विष्णु विष्ट , त्रिरत्न महर्जन लगायतको उपस्थित रहेको थियो ।
त्यस्तै अवको केहि दिनमा अर्का कोभिड संक्रमित पत्रकार संजय केसीलाइ समेत विमा वापतको रकम हस्तान्तरण गरिने महासचिव झाले जानकारी दिनुभएको छ ।

IME Lifesidebar
kumari