stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

नबिल बैंकले २ अर्बको ऋणपत्र निष्कासन गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले २० लाख इकाई ऋणपत्र निष्कासनका लागि रेटिङ समेत सम्पन्न गरेको छ ।

इक्रा नेपालले यो ऋणपत्रलाई न्यून जोखिम जनाउने इक्रा एनपी एल डबल ए माइनस रेटिङ प्रदान गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्ने तयारी गरिरहेको छ ।

ऋणपत्र ल्याउन रेटिङ गराए पनि हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ ।

prabhu mahalaxmi
kumari