काठमाडौ । सरकारले तीन सचिवकाे सरूवा गरेकाे छ । जसमा महालेखा नियन्त्रक कार्यालयका सचिव गोपीनाथ मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा सरूवा गरेकाे छ । त्यहाँका सचिव रामप्रसाद थपलियालाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै हालै मात्र बढूवा भएका मधु मरासिनीलाई गोपीनाथ मैनालीको महालेखा नियन्त्रण कार्यालय अनामनगरमा पदस्थापन गरेको छ ।