आशा लघुवित्तको १५% बोनस सेयर दिने
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले १५% बोनस सेयर दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १५५ बोनस सेयर दिने निर्णय गरेको हो । बोनसमा लाग्ने कर तिर्न लगानीकर्ताले ०।७८९५ नगद पनि पाउनेछन् । कम्पनीले ३ करोड ४८ लाख ४३ हजार २०० रुपैयाँ बराबरको बोनस सेयर र १८ लाख ३३ हजार ८५३ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
यो लाभांश नियामक राष्ट्र बैंक तथा लघुवित्तको आगामी साधारण सभाले पारित गरेपछि वितरण प्रक्रिया अघि बढ्नेछ । हाल आशाको चुक्ता पुँजी २३ करोड २२ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी २६ करोड ७१ लाख ३१ हजार रुपैयाँ पुग्नेछ ।
























