stcnepal long ad
global ime bank long

सिभिल बैंकको  जितपुरमा १०७ औं शाखा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिभिल बैंक लिमिटेडले जितपुरमा शाखा खोलेको छ । नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक राजनविक्रम थापा तथा जितपुर सिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्णप्रसाद पौडेलले संयुक्त रूपमा सिभिल बैंक लिमिटेडको जितपुर शाखाको उदघाटन गरे।
राष्ट्र बैंकका मुख्य प्रबन्धक थापाले देशको आर्थिक विकास बैंकको सहभागिता बिना हुन नसक्ने बताउँदै सिभिल बैंकको विस्तारित शाखाले वित्तीय गतिविधिमा टेवा पुग्ने बताए ।
जितपुर सिमरा उपमहानगरपालिकाका मेयर डा. पौडेलले जितपुरमा सिभिल बैंकले शाखा खोलेकोमा खुशी व्यक्त गर्दै यसबाट जनताको घरदैलोसम्म सेवा उपलब्ध गराउन सहज हुने विश्वास व्यक्त गरे ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले औद्योगिक नगरी वीरगञ्ज नजिक रहेको जितपुरमा प्रशस्त औद्योगिक अवसर रहेको र आफूले बैंकको तर्फबाट यस क्षेत्रको अर्थतन्त्र उकास्न सेवा तथा सुविधा व्यापक बनाउने उल्लेख गरे । प्रमुख कार्यकारी अधिकृत गुरुङले श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजुकुमार सिंहलाई विद्यालयको इ–लाइब्रेरीको लागि एक थान कम्प्युटर पनि हस्तान्तरण गरे ।

IME Lifesidebar
kumari