stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

काठमाडौं बासीलाई पानी खुवाउन याङ्ग्री–लार्के आयोजनामा सम्झौता

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मेलम्ची खानेपानी विकास समिति र पाँचपोखरी थाङपाल गाउँपालिकाबीच याङ्ग्री–लार्के आयोजना सञ्चालन गर्ने बारेमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री र गाउँपालिकाका अध्यक्ष टासी लामाबीच स्थानीय समुदायका हितमा राखी आयोजना सञ्चालन गर्नेबारेमा सहमति पत्रमा आज हस्ताक्षर गरेका हुन ।
सहमति अनुसार आयोजना प्रभावित क्षेत्र परिभाषित गर्नुपर्ने, आयोजना प्रभावित क्षेत्रबाट मेलम्ची विकास बोर्डमा प्रतिनिधित्व गराउनुपर्ने, गाउँपालिकाभित्र गरिने विकास निर्माणकार्य एकद्वार प्रणालीबाट गर्नुपर्ने उल्लेख छ ।
यसैगरी पाँचपोखरी गाउँपालिका–१ र २ लाई जोड्ने मेलम्ची–दाउचेत–केउरेली–जतन–बरुवा–याङ्ग्री सडक कालोपत्र हुनुपर्ने, मेलम्ची भोताङ सडकखण्डअन्तर्गतको थाङपालधापको भैसी काट्ने थलादेखि थाङपाकोट–मानेखर्क हुँदै भोताङ छिम्ती–देउराली–लार्केसम्म जोड्ने पुल निर्माण र सडक कालोपत्र हुनुपर्ने, तिपेनी, खाल्डे र काफ्ले खोलामा तीन वटा पुल बन्नुपर्ने सहमतिपत्रमा उल्लेख गरिएको छ ।
समितिका कार्यकारी निर्देशक खत्रीले आयोजना गर्नका लागि स्थानीय तहसँग समन्वय गर्नका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको बताए । उनले आयोजनाको पानी काठमाडाँै ल्याउनका लागि स्थानीय सरकार र समुदायको विकास निर्माणसम्बन्धी मागलाई सम्बोधन गर्नका लागि दुई पक्षबीच समझदारी गरिएको बताए ।
गाउँपालिका अध्यक्ष लामाले आयोजना सञ्चालन गर्नु पूर्व स्थानीय सरकारको मागलाई सम्बोधन गर्नका लागि समितिसँग सहमति गरिएको बताए । सांसद शेरबहादुर तामाङले आयोजना सम्पन्न गर्न तथा स्थानीय सरकारका सडक र पुल निर्माणका माग सम्बोधन गर्नका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको बताए ।

उनले छिट्टै आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने भएकाले स्थानीय सरकारसँग समितिले सम्झौता गरेको बताए । सो आयोजनाअन्तर्गत याङ्ग्री खोलाबाट १७ करोड लिटर र लार्के खोलाबाट १७ करोड लिटर गरी कूल ३४ करोड लिटर पानी दैनिक काठमाडौं ल्याइनेछ । मेलम्ची आयोजनापछि सरकारले सो आयोजना सञ्चालन गर्ने तयारी गरेको छ ।रासस

prabhu mahalaxmi
kumari bank
kumari