stcnepal long ad
ime life insurance
global ime bank long

कर्जा र निक्षेप दुवैमा घट्यो ब्याजदर

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । वाणिज्य बैंकको कर्जा र निक्षेप दुवैको औसत ब्याजदर घटेको छ । आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्ममा कर्जाको औसत ब्याजदर १०.११% रहेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्ष कर्जाको ब्याजदर औसत १२.१३% थियो । बैंकहरुको आधारदर कम भएपछि कर्जाको ब्याजदर पनि घटेको हो । बैंकहरुको औसत आधारदर ८.५०% झरेको छ ।

अघिल्लो वर्षको सोहीअवधिमा आधारदर ९.५७% थियो । आधारदरमा केहीप्रतिशत प्रिमियम थप गरेर बैंकहरुले कर्जा प्रवाह गर्दै आएका छन् । यस्तै, साधारण निक्षेपको औसत ब्याजदर असारमा ६.०१% रहेको छ । अघिल्लो वर्ष यो ६.६०% थियो ।

२०७७ असारमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर १.२७% कायम भएको छ । २०७६ असारमा यो ४.९७% रहेको थियो । वाणिज्य बैंकहरुको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७६ असारमा ४.५२% रहेकोमा २०७७ असारमा ०.३५% रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

prabhu mahalaxmi
kumari