stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनआरएन लघुत्तिले एफपीओ निष्कासन गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआएन लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छ । एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न कम्पनीले भदौ २० गते विशेष साधारण बोलाएको छ ।

सभा धनगढीको होटल साथीमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा आगामि ४ वर्षको लागि ४ जना संस्थापक र २ जना सर्वसधारण सेयरधनी गरी कुल ६ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि छ ।

संस्थाको नाम र ठेगना परिवर्तन गर्नका लागि नियमावली र प्रबन्धपत्र संसोधन गर्ने एजेन्डा पनि छ ।

साविकको किसान र दिव्य लघुवित्त मर्ज अनुमोदन गर्ने एजेन्डा पनि छ । एनआरएन, किसान र दिव्य लघुवित्त एक आपसमा गाभिएर असार २९ गतेबाट एकीकृत कारोबार सुरु भइसकेको छ ।

३ कम्पनी एक भएपछि एनआरएन लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गरिएको हो । एनआरएन लघुवित्तले यसअघि क्रिएटिभ र रामारोशन लघुवित्तलाई पनि आफूमा समाहित गरिसकेको छ ।

prabhu mahalaxmi
kumari