stcnepal long ad
ime life insurance
national life
global ime bank long

संस्थापक शेयरमा आवेदन दिने अवधि बैंक अफ काठमाडौंले थपियो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक अफ काठमाडौं लिमिटेडले भदौ १ गतेदेखि लिलामीमा विक्री खुला गरेको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने अवधि थप भएको छ ।

यस अघि भदौ ८ गते अपरान्ह २ बजेसम्मको अवधि तोकिएकोमा उपत्यकामा भदौ १० सम्म जारी निषधाज्ञाका कारण भदौ १५ गते अपरान्ह २ बजेसम्मको अवधि थप गरिएको हो ।

बैंकले संस्थापक समूह तर्फको ३ लाख १६ हजार १५६ कित्ता शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो । बैंकले संस्थापक समूहको उक्त शेयर सोही समूहमा नै रहने गरी लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनी लगाएत ईच्छुक व्यक्ति तथा संगठित संस्थाले भदौ ८ गते अपरान्ह २ बजेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

विक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । विक्री प्रबन्धकको कार्यालय, नागपोखरी काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यो शेयरको न्यूनतम मूल्य रू. १४० तोकिएको हुदाँ सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम एक हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।

प्राप्त बोलपत्र भदौ ९ गते विहान १० बजे विक्री प्रबन्धको कार्यालयमा खोलिनेछ । बोलकबोलमा शेयर विक्री गर्दै जाँदा एउटै मूल्यमा दुई वा दुई भन्दा बढी बोलपत्र आवेदन पर्न गई बाँडफाँट हुन बाँकी शेयर भन्दा बढीको माग भएमा माग गरेको शेयरको आधारमा समानुपातिक रुपमा बाँडफाँट गरिने बैंकले सुचना मार्फत प्रष्ट पारेको छ ।

IME Lifesidebar
kumari