stcnepal long ad
global ime bank long

मुक्तिनाथ विकास बैंक लिमिटेड र नागार्जुन नगरपालिका बीच सम्झौता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र नागार्जुन नगरपालिका बीच कृषि, पर्यटन, साना तथा मझौला उद्यम तथा महिला उद्यमशीलताको प्रवद्र्धन गर्दै स्थानीय स्तरमा रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको छ।

सम्झौता अनुसार नगरपालिकाको सिफारिसमा योग्य उद्यमीहरूले आफ्नो व्यवसायको प्रकृति अनुसार बैंकबाट धितोबिना अधिकतम २ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। साथै, नगरपालिकाले लागू गरेको ‘सहुलियतपूर्ण ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०८०’ अनुसार योग्य ऋणीहरूले शतप्रतिशत ब्याज अनुदान सुविधा पनि पाउनेछन्।

बैंकका अनुसार यो सहकार्यले स्थानीय उद्यमशीलताको विकास, वित्तीय पहुँच विस्तार, वित्तीय समावेशीकरण तथा दिगो आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। स्थानीय सरकारसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने प्रतिबद्धता पनि बैंकले जनाएको छ।

सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट कृषि तथा समावेशी लगानी विभाग प्रमुख तेजलबहादुर गिरी र नागार्जुन नगरपालिकाका तर्फबाट कार्यवाहक नगर प्रमुख सुशीला अधिकारीले हस्ताक्षर गरेका थिए। कार्यक्रममा बैंकका कर्मचारी तथा स्थानीय तहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

IME Lifesidebar
kumari