stcnepal long ad
ime life insurance
national life
global ime bank long

महिला उद्यमी कर्जा लिनेको सङ्ख्या ३० हजार पुगे

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ। महिला उद्यमी कर्जा लिनेको सङ्ख्या ३० हजार पुगेको छ । महिला उद्यमी कर्जाकै लागि अहिलेसम्म २९ अर्ब ७९ करोड रुपियाँ कर्जा प्रवाह भएको छ ।

त्यस्तै दलित समुदाय व्यवसाय विकास कर्जातर्फ अहिलेसम्म २१ करोड १७ लाख रुपियाँ कर्जा प्रवाह भएको छ । यस्तो कर्जा लिनेको सङ्ख्या २९३ जना रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तर्गत हालसम्म ५२ हजारभन्दा बढी ऋणीलाई ७८ अर्ब २५ करोड रुपियाँभन्दा बढी कर्जा उपलब्ध गराएको छ ।

यस कार्यक्रममार्फत ब्याज अनुदानका रूपमा मात्रै ३९ अर्ब २७ करोड रुपियाँ खर्च भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । गत आर्थिक वर्ष २०८२/८३ को ११ महिनासम्म ५२ हजार ११९ जनाले सहुलियतपूर्ण कर्जा प्राप्त गरेका छन् ।

राष्ट्र बैङ्कका अनुसार जेठसम्म ५२ हजार ११९ जनाले कुल ७८ अर्ब २५ करोड रुपियाँभन्दा बढी सहुलियतपूर्ण कर्जा प्राप्त गरेका हुन् । जसमा व्यावसायिक कृषि तथा पशुपन्छीतर्फ ४७ अर्ब ५१ करोड कर्जा गएको छ ।

यसमा पनि बिनाधितो एक अर्ब ८८ करोड र धितोसहितको कर्जा ४५ अर्ब ६३ करोड प्रवाह भएको छ । त्यस्तै शिक्षित युवा स्वरोजगार कर्जा जम्मा ४५ जनाले एक करोड ९२ लाख रुपियाँ लिएका छन् भने वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा १६० जनाले १२ करोड छ लाख रुपियाँ प्राप्त गरेका छन् ।

उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा लिनेको सङ्ख्या २६ जना रहेको छ भने भूकम्पपीडित निजी आवास निर्माण कर्जा लिने जम्मा पाँच जना रहेका छन् । राष्ट्र बैङ्कले जाजरकोट भूकम्प पीडितलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने मौद्रिक नीतिमै उल्लेख गरेको थियो ।

त्यस्तै कपडा उद्योग सञ्चालनका लागि कर्जा लिनेको सङ्ख्या ६० रहेको छ भने युवा वर्ग स्वरोजगार कर्जा लिनेको सङ्ख्या ४७ जना छ । सिटिइभिटीबाट मान्यताप्राप्त संस्थामा तालिम लिनका लागि दिइने सहुलियतपूर्ण कर्जा लिनेको सङ्ख्या भने शून्य रहेको छ । राष्ट्र बैङ्कले २०८३ जेठसम्म प्रवाह भएको कर्जाका लागि अहिलेसम्म ३९ अर्ब २७ करोड रुपियाँ ब्याज अनुदान उपलब्ध गराएको छ ।

कृषि विकास बैङ्कले सर्वाधिक सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ । बैङ्कले अहिलेसम्म छ हजार २३४ जनालाई १० अर्ब २२ करोड रुपियाँभन्दा बढी सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ ।

सात अर्ब ६१ करोड रुपियाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरेर राष्ट्रिय वाणिज्य बैङ्क दोस्रो र छ अर्ब ७३ करोड रुपियाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरेर नेपाल बैङ्क लिमिटेड तेस्रो बनेको छ । यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले छ अर्ब १२ करोड र लक्ष्मी सनराइज बैङ्कले छ अर्ब ५५ करोड रुपियाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन् ।

IME Lifesidebar
kumari