citizens life insurance long ad
stcnepal long ad

युनाइटेड अजोड इन्स्योरेन्सको करिब २७ हजार कित्ता शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको करिब २७ हजार कित्ता शेयर बिक्रीमा राखिएको छ।कम्पनीको संस्थापक समूहको २६ हजार ९७४ कित्ता शेयर बिक्रीमा राखिएको हो।

यसअघि यो शेयर संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएको छ। तर, संस्थापक शेयरधनीबाट खरिदका लागि निवेदन नपरेका कारण अब सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।

बिक्रीमा राखिएको शेयरको मूल्य प्रतिकित्ता १७० रुपैयाँ तोकिएको छ। यसको अर्थ सर्वसाधारणले शेयर खरिदका लागि दिँदा उक्त मूल्य तिर्नुपर्नेछ।

इच्छुक सर्वसाधारणले १५ दिनभित्र काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा रहेको कम्पनीको प्रधान कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

IME Life
kumari