नेपाल बंगलादेश बैंकको नाफा २१.६२% ह्रास
काठमाडौं । नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा १ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा २१.६२% ले थोरै हो । अघिल्लो वर्ष यसले १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको वितरणयोग्य नाफा पनि ५६.८०% ले घटेर ४४ करोड ९१ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष वितरण योग्य नाफा १ अर्ब ३ करोड रुपैयाँ रहेको थियो । बैंकले निक्षेप संकलन १२.५३% र कर्जा लगानी ११.८२% ले बढाउन सफल भएको छ ।
हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ४९ करोड रुपैयाँ र जगेडा कोषमा ४ अर्ब ११ करोड रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको खराब कर्जा अनुपात पनि १.१५% ले २.८९% पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः २.१२% र २०.७५% ले घटेको छ । असार मसान्तसम्म आइपुदा बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ १ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ १५ पैसा रहेको छ ।























