stcnepal long ad
global ime bank long

फेरी उकालो लाग्द सुनको भाउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सुनचाँदीको भाउ आज पनि बढेको छ । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९८ हजार ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेको सुनको भाउ हिजो भने २ हजार ४ सय रुपैयाँ बढेको थियो । त्यही भाउमा आज सुन तोलामा ८ सय रुपैयाँ महँगो भएको हो ।

यस्तै चाँदी आज तोलामा ६० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको एक हजार ३ सय ५५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

IME Lifesidebar
kumari