stcnepal long ad
ime life insurance
national life
global ime bank long

“महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३” को पुरस्कार वितरण कार्यक्रम सम्पन्न 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । “महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३” को पुरस्कार वितरण कार्यक्रम मिति २०८२ फागुन १ गते सम्पन्न भएको छ ।

महालक्ष्मी विकास बैंकले विश्व फोटोग्राफी दिवसको अवसर पारेर बिजचित्र फोटोग्राफी प्रतियोगिता सञ्चालन गर्दै आईरहेकोमा यस वर्ष संस्करण ३ सफलतापुर्वक सम्पन्न गरेको छ । २०८२ साल भाद« ११ गते देखी २०८२ साल आश्विन ३१ गते सम्म विभिन्न फोटोहरु संकलन गरिएको थियो ।

यस प्रतियोगितामा सहभागी हुनका लागि स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने फोटोहरु खिचेर पठाउनुपर्ने नियम अनुसार विभिन्न फोटोग्राफरहरू मार्फत विभिन्न फोटोहरू प्राप्त भएका थिए ।

प्रतियोगितामा समावेश सम्पूर्ण फोटोहरू उत्कृष्ट तथा स्थानीय तहमा सञ्चालित व्यवसायहरु मार्फत सकारात्मक सन्देश प्रदान गर्ने खालका थिए । प्रतियोगिताको मूल्याङ्कनको लागि छानिएको ३ सदस्यीय निर्णायक समिति मार्फत १५ वटा उत्कृष्ट तस्बिरहरू छानिएको थियो ।

काठमाण्डौंमा आयोजित उक्त कार्यक्रममा प्रथम, द्धितिय तथा तृतीय स्थान र पब्लिक च्वाईस अवार्ड हासिल गर्ने फाटोग्राफरहरुलाई पुरस्कार वितरण गरिएको हो ।

उक्त प्रतियोगितामा सुयोग कुँवर प्रथम, पारस बज्राचार्य दोस्रो र देवानन्द पोख्रेल तेस्रो हुन सफल हुनुभएको छ । विजेताले प्रमाणपत्रका साथमा क्रमश २५ हजार, २० हजार र १५ हजारनगद पुरस्कार प्राप्त गर्नुभएको छ ।

पब्लिक च्वाईसमा सबैभन्दा बढी भोट प्राप्त गरी शर्मन राज भण्डारीले पब्लिक च्वाइस अवार्ड जित्न सफल हुनुभएको छ । उहाँले प्रमाणपत्रको साथै १० हजार रुपैयाँ प्राप्त गर्नुभएको छ । यसका साथै पुरस्कार वितरण कार्यक्रममा बैंकको तर्फबाट उत्कृष्ट १५ फोटोग्राफरहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

यस संस्करणमा अघिल्लो संस्करणको तुलनामा पुरस्कार राशिमा समेत वृद्धि गरिएको थियो । यस्ता कार्यहरुबाट स्थानीय व्यवसाय, उद्यमशिलता, स्थानीय कलाको प्रबद्र्धन तथा प्रचारप्रसार गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रबद्र्धन गर्न, ग्राहक सुविधा अभिवृद्धि गर्न तथा सुरक्षित र नगद रहित बैंकिङ्ग कारोबारलाई बढावा दिन सञ्चालन गरेको “महालक्ष्मी माघ महोत्सव” समेत सफलतापुर्वक सम्पन्न भएको छ ।

IME Lifesidebar
kumari