citizens life insurance long ad
stcnepal long ad

आवश्यक परे हमास विरुद्ध पुन: युद्ध गर्ने इजरायलको चेतावनी

Nimb long ad
Prabhu Insurance Long Ad

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानसँग हुने कुनै पनि सम्भावित सहमतिमा कडा सर्तहरू अनिवार्य रूपमा समावेश हुनुपर्ने बताउनुभएको छ। इरानले आफ्नो आणविक सामग्री पूर्ण रूपमा हटाउनुपर्ने, युरेनियम प्रशोधन प्रक्रिया रोक्नुपर्ने तथा क्षेप्याष्त्र कार्यक्रममाथि कडा प्रतिबन्ध लगाउनुपर्ने उहाँको भनाइ थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हालै भएको भेटपछि आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री नेतन्याहूले सम्भावित सहमतिका सबै विकल्पहरू प्रयोग गर्ने विषयमा अमेरिकी नेतृत्व दृढ रहेको उल्लेख गर्नुभयो। यद्यपि, उहाँले इरानसँग हुने कुनै पनि सहमतिप्रति आफू सशंकित रहेको स्पष्ट पार्नुभयो।

उहाँले इजरायल र अमेरिकाबीचको सम्बन्धलाई सहयोगबाट साझेदारीतर्फ रूपान्तरण गर्ने लक्ष्य रहेको बताउँदै स्वदेशमै आत्मनिर्भर रक्षा उद्योग विकास गर्ने योजना अघि सार्नुभयो।

गाजा क्षेत्रमा जारी सैन्य कारबाहीका विषयमा उहाँले इजरायली सेनाले करिब पाँच सय किलोमिटरमध्ये एक सय पचास किलोमिटर सुरुङ संरचना ध्वस्त पारिसकेको दाबी गर्नुभयो। “हामीले बाँकी कार्य पूरा गर्नैपर्छ,” उहाँले भन्नुभयो, “हमासले हतियार उत्पादन गर्ने वा पुनः संगठित हुने संरचनाहरू प्रयोग गर्न नपाओस् भन्ने सुनिश्चित गर्नु आवश्यक छ।”

उहाँले इजरायलले हाल कार्यान्वयनमा रहेको युद्धविरामलाई अवसर दिएको भए पनि आवश्यक परे हमासलाई पूर्ण रूपमा निष्क्रिय बनाउन युद्ध पुनः सुरु गर्न सक्ने संकेत गर्नुभयो।

गत १० अक्टोबर २०२५ देखि लागू भएको युद्धविरामपछि इजरायली कारबाहीमा छ सय एक जना प्यालेस्टिनीको मृत्यु भएको र एक हजार छ सय सात जना घाइते भएको गाजास्थित स्वास्थ्य निकायले जनाएको छ।

IME Life
kumari