stcnepal long ad
ime life insurance
national life
global ime bank long

ज्योति विकास बैंकका ग्राहकलाई ‘रोयल क्लिनिङ’ सेवामा ५० प्रतिशतसम्म छुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गर्दै काठमाडौं रातोपुलस्थित रोयल क्लिनिङ सर्भिस एन्ड सप्लायर्ससँग विशेष छुटसम्बन्धी सम्झौता गरेको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकहरूले उक्त कम्पनीबाट प्रदान गरिने विभिन्न सफाइ सेवामा ५० प्रतिशतसम्म छुट पाउनेछन् ।

कम्पनीले घर, कार्यालय तथा व्यावसायिक स्थानका लागि सोफा तथा अपहोल्स्ट्री सफाइ, शौचालय सफाइ, चिम्नी र पानी ट्यांकी सफाइ, किरा नियन्त्रण तथा एसी सर्भिसिङ लगायत सेवा प्रदान गर्दै आएको छ । बैंकले ग्राहकलाई गुणस्तरीय सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सहकार्य गरिएको जनाएको छ ।

सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै बैंकले आफ्ना खुद मुनाफाबाट अन्य बैंक तथा वित्तीय संस्थाभन्दा ५० प्रतिशत बढी रकम सामाजिक कार्यमा विनियोजन गर्दै आएको दाबी गरेको छ ।

नवजात शिशुको अकाल मृत्यु न्यूनीकरणका लागि सञ्चालन गरिएको ‘न्यानो नानी’ कार्यक्रममार्फत हरेक वर्ष २ हजार ५ सय ९० भन्दा बढी शिशुको जीवन रक्षा गरिएको जनाएको छ । हाल बैंकले देशभर ११८ शाखा, ३ विस्तारित काउन्टर र ७५ एटीएममार्फत सेवा प्रदान गरिरहेको छ ।

IME Lifesidebar
kumari