stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सानिमा बैंकले इन्टरनेट बैंकिङ्ग सेवा सधैका लागि बन्द गर्ने निर्णय

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सानिमा बैंक लिमिटेडले प्रदान गर्दै आएको इन्टरनेट बैंकिङ्ग सेवा २०८२ मंसिर १४ गतेदेखि सधैका लागि बन्द हुने भएको छ। बैंकले जारी गरेको सूचनाअनुसार सेवा स्थायी रूपमा बन्द हुने निर्णय गरिएको हो ।

बैंकसँग सम्पर्क गर्दा अधिकारीहरूले इन्टरनेट बैंकिङ्ग सेवा बन्द भए पनि मोबाइल बैंकिङ्ग सेवा भने निरन्तर सञ्चालनमा रहनेछ। बैंकका सूचना अधिकारीले मोबाइल बैंकिङ्गमा कुनै प्रभाव नपर्ने बताएका हुन् ।

इन्टरनेट बैंकिङ्ग सेवा बन्द हुँदा ग्राहकहरूमा पर्ने असुविधाको लागि बैंकले क्षमायाचना गरेको छ। बैंकले सबै ग्राहकहरूलाई आवश्यक जानकारी समयमै उपलब्ध गराउने र वैकल्पिक डिजिटल सेवा प्रयोग गर्न प्रेरित गर्ने जनाएको छ।

prabhu mahalaxmi
kumari