stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा ‘सलिको गल्फ टुर्नामेन्ट२०२५’ आयोजना हुँदै

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीद्वारा बिगतका बर्षहरु झैँ यस बर्ष पनि भोलि मंसिर १२ र १३ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्ट, काठमाडौंमा सलिको गल्फ टुर्नामेन्ट, २०२५ आयोजना हुने भएको छ । उक्त प्रतियोगितामा १७ विधाका खेलहरु आयोजना गरिनेछ ।

जसमा विभिन्न उमेर समुहका महिला तथा पुरुष समुहको खेलहरु आयोजना गराईने छ । यो खेलकुद प्रतियोगिता आयोजना गरिनुको मुख्य उद्देश्य गल्फ खेलमा रुची राख्ने खेलाडीहरुको खेलको प्रस्तुतीलाई प्रस्फुटन गराउने तथा यस खेल प्रति रुची राख्ने जो कोही लागि खेलको आनन्दानुभूती गराउन समेत यो प्रतियोगिताको आयोजना गरिएको छ ।

विश्वमा अधिक रुचाईएको खेल मध्ये गल्फ पनि एक रहेको भएतापनि नेपालको सन्दर्भमा यस खेलको विकास तथा विस्तार अपेक्षित रुपमा हुन नसकेको परिपेक्ष्यमा यस प्रतियोगिताले खेलको विस्तारमा थप सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

यस प्रतियगितामा खेलाईने १७ बिधाका खेलहरु मध्ये Hole in One बिधाको पुरस्कार अन्तर्गत Sipradi Trading Pvt. Ltd द्वारा TATA Nexon K3 EV पुरस्कारको व्यवस्था गरिएको छ । साथै, अन्य बिधाका खेलहरुमा सिम्रिक एअर द्वारा २ जनालाई Sky Diving त्यसैगरी कैलाश हेलिकप्टरबाट १ जनालाई गोसाईकुण्डको हेलिकप्टरको यात्रा लगायत अन्य आकर्षक पुरस्कारहरुको समेत व्यवस्था गरिएको छ ।

यसै अवसरमा सलिको ले निर्जीवन बीमाको महत्त्वमा पनि प्रकाश पार्दै, विभिन्न किसिमका जोखिमहरूबाट सुरक्षा प्रदान गर्ने बीमाको आवश्यकता बढ्दो अवस्थामा रहेको उल्लेख गरेको छ।

जोखिम व्यवस्थापन र सुरक्षाप्रति नागरिकको चासो बढ्दै गएको वर्तमान परिवेशमा, गल्फ जस्ता खेलकुद गतिविधिहरूमा सहभागी माझ निर्जीवन बीमाको सचेतना बढाउनु रहेको कम्पनीले जानकारी गराएको छ ।

सलिकोले वर्षौंदेखि खेल क्षेत्र, समुदाय तथा आर्थिक–सामाजिक सुरक्षामा केन्द्रित रहँदै बीमा, सुरक्षित भविष्यको आधार भन्ने नारा सहित नेपाली बीमा क्षेत्रमा आफ्नो भूमिकालाई अझ सुदृढ बनाउँदै आएको छ।

गल्फ प्रतियोगिताजस्तै गतिविधिहरू मार्फत कम्पनीले बीमा सचेतना, सामुदायिक साझेदारी तथा खेलकुद मैत्री वातावरण निर्माणमा निरन्तर योगदान दिंदै आएको छ।

kumari bank
kumari
nawakantipur long