stcnepal long ad
ime life insurance
national life
global ime bank long

राष्ट्र बैंकले गर्यो १० बैंकको लेखापरीक्षण गर्न बंगलादेशको कम्पनीसँग सम्झौता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले दश वटा वाणिज्य बैंकका सम्पत्तिको गुणस्तर परीक्षण गर्न बंगलादेशको कम्पनीसँग सम्झौता गरेको छ ।

राष्ट्र बैंकले आज १० बैंकका सम्पत्तिको गुणस्तर परीक्षण गर्न बंगलादेशको हाउलादार युनुस एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सँग सम्झौता गरेको हो ।

उक्त कम्पनीले सन् २०२५ को डिसेम्बर अन्तिमसम्म गुणस्तर परिक्षण गर्ने राष्ट्र बैंकले जनाएको छ ।

उक्त कम्पनीसँग वाणिज्य बैंकको सम्पत्ति गुणस्तर परीक्षणका लागि ४ करोड ३७ लाख ४५ हजार रुपैयाँमा सम्झौता भएको हो ।

उक्त कम्पनीले नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, प्रभु बैंक, एनआईसी एसिया, एनएमबि, राष्ट्रिय वाणिज्य बैंकको पनि सम्पत्तिको गुणस्तर परीक्षण गर्ने छ ।

राष्ट्र बैंकले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३८ (२) बमोजिम प्राविधिक र वित्तीय प्रस्ताव मूल्यांकनका आधारमा उक्त कम्पनीलाई छनोट गरेको छ ।

IME Lifesidebar
kumari