stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

संरक्षकको मृत्युपछि सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बीमाङ्क रकम हस्तान्तरण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकमा सुरक्षित बाल बचत खाता खालेकी बालिकाका संरक्षकको मृत्यु भएपछि परिवारलाई विमाङ्क रकम हस्तान्तरण गरिएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको पोखरास्थित तालचोक शाखामा खाता खोल्न भएकी सृष्टि त्रिपाठीका दाजु (खाता खोल्दा उनले संरक्षक राखेको व्यक्ति) सागर त्रिपाठीको दुर्घटनामा परी मृत्यु भएपछि बीमा बापतको रकम उपलब्ध गराइएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकको तालचोक शाखाका प्रवन्धक राजीव पौडेलले सृष्टि र उनकी आमा शिला त्रिपाठीलाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

उक्त रकम सृष्टि त्रिपाठी १८ बर्ष पुगेपछि उहाँले झिक्न पाउने गरी अहिले मुद्दती खातामा जम्मा गरिएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकमा सुरक्षित बाल बचत खाता खोल्ने व्यक्तिका संरक्षकको निधन भएमा बैंकले बिमा बापत तीन लाख रुपैयाँ उपलब्ध गराइने प्रावधान रहेको छ ।

prabhu mahalaxmi
kumari