stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

स्मार्ट च्वाईस टेक्नोलोजिज र लुम्बिनी विकास बैंक बिच सम्झौता सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड र नेपाल राष्ट्र बैंकको ‘ख’ वर्ग अन्तर्गत बैंक लुम्बिनी विकास बैंक लिमिटेडबिच स्मार्ट पे मार्फत अन्तर बैंक भुक्तानी सेवा तथा स्मार्ट क्युआर मार्फत क्युआर भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता पश्चात लुम्बिनी विकास बैंकका ग्राहक, एजेन्ट तथा प्रयोगकर्ताहरुले आफ्नो बैंक खातामा स्मार्ट पे सेवा मार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम तुरुन्तै प्राप्त गर्ने सक्ने छन्, साथै लुम्बिनी विकास बैंकमा खाता हुने सम्पूर्ण व्यवसायी तथा व्यापारीहरूले स्मार्ट क्युआर मार्फत विभिन्न मोबाइल बैंकिङ्ग तथा मोबाइल वालेटबाट रकम भुक्तानी लिन पाउनेछन् । ।

लुम्बिनी विकास बैंकको कार्यालयमा आयोजित कार्यक्रमका बिच स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र लुम्बिनी विकास बैंकका तर्फबाट उप(प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी बिच स्मार्ट क्यूआर र स्मार्ट पेको सेवा सन्चालन सम्झौतामा हस्ताक्षर भएको छ ।

prabhu mahalaxmi
kumari