stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

ग्लोबल आइएमई बैङ्कको ह्याकाथन प्रतियोगिता सम्पन्न, ‘टिम क्याल्कुलस’ प्रथम

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेडद्वारा आयोजित ‘ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन’ प्रतियोगिता सम्पन्न भएको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) प्रविधिमा आधारित नवप्रवर्तनात्मक बैङ्किङ सेवा विकास गर्नका लागि आयोजना गरिएको यो प्रतियोगिता नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत, अन्य वरिष्ठ व्यवस्थापक तथा विभिन्न संस्था र स्टार्टअप प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा काठमाडौं, महेन्द्रनगर, पोखरा, वीरगञ्ज, काभ्रे र धरान—बाट सहभागी २१ टोलीलाई अनलाइन पेपर प्रिजेन्टेसनको लागि छनोट गरिएको थियो । प्रतियोगिता दुई चरणमा सञ्चालन गरिएको थियो, जसअन्तर्गत पहिलो चरणमा कोडिङ र दोस्रो चरणमा अनसाइट ह्याकाथन आयोजना गरिएको थियो ।

प्रतियोगितामा ‘टिम क्याल्कुलस’ विजेता बन्दै नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भयो । दोस्रो स्थान हासिल गर्ने डब्लुडिके टोलीले रु ७५ हजार, तेस्रो स्थानको लार्के पास टोलीले रु ५० हजार जित्यो । चौथो र पाँचौ स्थानमा रहेका टिम जनकपुर र फ्रडेक्स टोलीहरूले रु १५–१५ हजार पुरस्कार प्राप्त गरे । साथै, ‘बेष्ट प्रिजेन्टेसन’ विधामा डिजीविट्स टोलीलाई पनि रु १५ हजार पुरस्कार प्रदान गरिएको छ ।

विजेता टोलीहरूलाई डेपुटी गभर्नर मिश्रले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा उनले यस्ता प्रविधि–केन्द्रित प्रतियोगिताले युवा र विद्यार्थीहरूमा नवप्रवर्तनको भावना बढाउने विश्वास राष्ट्र बैङ्कले लिएको बताए । साथै, उनले ग्लोबल आइएमई बैङ्कलाई नेपालमै पहिलो पटक एआईरएमएल ह्याकाथन आयोजना गरेकोमा धन्यवाद दिए ।

कार्यक्रममा बोल्दै बैङ्कका सीईओ सुरेन्द्रराज रेग्मीले यस ह्याकाथनले डिजिटल बैङ्किङमा सम्भावित सेवा तथा चुनौतीहरूको पहिचान गर्न सहयोग गर्ने बताए । साथै, उत्कृष्ट टोलीहरूसँग भविष्यमा सहकार्य गर्ने अवसर बैङ्कले प्रदान गर्ने समेत जानकारी दिए ।

ग्लोबल आइएमई बैङ्क हाल नेपालका ७७ वटै जिल्लामा शाखा विस्तार गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ । बैङ्कले संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, कतार, साउदी अरबलगायतका देशहरूबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आएको छ ।

prabhu mahalaxmi
kumari