stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

इसेवाले ल्यायो ‘झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस’ अफर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । डिजिटल वालेट तथा भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले ‘झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस’ अफर सार्वजनिक गरेको छ । नेपालका सम्पूर्ण बैँक आबद्ध भएको अवसरमा कम्पनीले यस्तो अफर ल्याएको हो ।

यस अफर वैशाख १० गतेबाट २४ गतेसम्म सञ्चालन हुने छ । यस अफर अन्तर्गत इसेवाबाट बैँक तथा सहकारीमा रकम ट्रान्सफर गर्दा हरेक दिन दुई जना भाग्यशाली प्रयोगकर्ताले ५–५ हजार रुपैयाँको बोनस जित्न सक्नेछन् । साथै एक जना भाग्यशाली विजेताले १ लाख रुपैयाँ जित्ने अवसर प्राप्त गर्ने छन् ।

क्यूआर स्क्यान, इसेवा डाइरेक्ट वा खाता नम्बर प्रयोग गरी बैंकमा रकम ट्रान्सफर (बैंक ट्रान्सफर) गर्ने तथा क्यूआर स्क्यान वा खाता नम्बर प्रयोग गरी सहकारीमा रकम ट्रान्सफर (सहकारी डिपोजिट) गर्ने सबै प्रयोगकर्ता यो अफरका लागि योग्य हुनेछन् ।

इसेवाले डिजिटल कारोबारलाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यका साथ निरन्तर रूपमा विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्दै आइरहेको छ । जसले डिजिटल भुक्तानी प्रणालीलाई थप सहज र सुलभ बनाएको छ ।

हाल इसेवामा नेपालका सबै प्रमुख बैंक तथा वित्तीय संस्थाहरू साझेदारको रूपमा रहेका छन् । सहज ट्रान्सफरसँगै प्रयोगकर्ताहरूले अनलाइन बैङ्किङ, मोबाइल बैङ्किङ तथा एजेन्ट सेवा जस्ता माध्यमबाट सहज र सुरक्षित रूपमा इसेवामा रकम लोड गर्न सक्छन् ।

prabhu mahalaxmi
kumari