stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

एनआईसी एशिया बैंकको ऋणपत्र बाँडफाँड

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

ठमाडौं । एनआईसी एशिया बैंकले निष्कासन गरेको ७ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१’ चैत ३१ गते बाँडफाँड गरेको छ।

बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएकोमा ३० लाख कित्ता व्यक्तिगत तवरबाट र २० लाख कित्ता सर्वसाधारणमा निष्कासन गरेको थियो।

सर्वसाधारणलाई छुट्याइएकोमध्ये १ लाख कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकीका लागि आवेदन खुला गरिएको थियो।

बिक्री अवधिभर रीतपूर्वक आवेदन दिएकालाई आइतबार बाँडफाँड गरिएको बैंकले जनाएको छ। बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

prabhu mahalaxmi
kumari