stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

बैंकहरुले वैशाख महिनाका लागि सार्वजनिक गरेको ब्याजदर सोमबारदेखि लागू

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । बैंकहरुले वैशाख महिनाका लागि सार्वजनिक गरेको ब्याजदर सोमबारदेखि लागू भएको छ । जसअनुसार अधिकांश बैंकलेहरुले सर्वसाधारणको मुद्दती बचतमा दिने ब्याजदर यथावत् राखेका छन् ।

वैशाख महिनामा एउटा बैंकले मात्रै बचतकर्तालाई दिने ब्याज बढाएको छ भने तीन वटाले घटाएका छन् । २० मध्ये वाणिज्य बैंकहरु मध्ये १६ वटा वाणिज्य बैंकले वैशाख महिनाको लागि चैतकै मुद्दती निक्षेपको ब्याजदरलाई कायम राखेका हुन् ।

कुमारी, सानिमा र नेपाल बैंकले ब्याजदर घटाएका छन् । तर एभरेष्ट बैंकले भने मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । सरकारी स्वामित्वमा रहेको नेपाल बैंकले समेत ब्याजदर घटाएको छ ।

बैंकहरुले सार्वजनिक गरेको ब्याजदरमा वैशाखमा बैंकले मुद्दती निक्षेपमा दिने ब्याजदर औसतमा ५.९७ प्रतिशत छ । वाणिज्य बैंकहरुले चैत महिनामा दिएको ब्याजदर पनि औसतमा ५.९७ प्रतिशत नै थियो ।

बैंकिङ प्रणालीमा अधिक तरलता (लगानी योग्य रकम) हुँदा पनि कर्जाको माग बढ्न सकेको छैन । बैंकहरुमा कर्जाको माग बढ्न नसक्दा बैंकको ब्याजदर न्यून बिन्दुमा छ । कर्जाको माग बढ्न नसकेर तरलता थपिँदै गएपछि लागत कम गर्न बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर साधारण बचतको भन्दा पनि तल झारेका छन् ।

पछिल्लो समय निजी क्षेत्रमा ऋण विस्तार हुन नसक्दा बैंकहरुसँग भएको लगानी योग्य रकमलाई ३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा राखिरहेका छन्। निक्षेप सङ्कलन उपकरण बोलकबोल मार्फत १ खर्ब २८ अर्ब रुपैयाँ राष्ट्र बैंकमा राखिसकेका छन् ।

त्यस्तै, अधिकांश बैंकहरुले बचतभन्दा अल्पकालीन मुद्दती निक्षेपको ब्याजदर तल ल्याएका छन्। जसमा एनआइसी एशिया, एनएमबि, एभरेष्ट, लक्ष्मी सनराइज, कुमारी, माछापुच्छ्रे, स्टान्डर्ड चार्टर्ड, कृषि विकास, सानिमा, हिमालयन र नेपाल बैंकले साधारण बचतमा भन्दा अल्पकालीन मुद्दतीमा ब्याजदर तल ल्याएका छन् ।

कुमारीले चैत महिनाको ६.०१ प्रतिशत रहेकोमा ०.०९ प्रतिशतले घटाएर ५.९२ प्रतिशत कायम गरेको छ । सानिमा बैंकको चैत महिनाको ६.०५ प्रतिशत रहेकोमा ०.१ प्रतिशतले घटाएर ५.९५ र नेपाल बैंकले ०.३५ प्रतिशतले घटाएर ५.१५ प्रतिशत कायम गरेका छन् । त्यस्तै एभरेस्ट बैंकले भने चैत महिनाको ६ प्रतिशत रहेकोमा ०.६१ प्रतिशतले बढाएर ६..६१ ब्याजदर कायम गरेको छ ।

prabhu mahalaxmi
kumari