stcnepal long ad
ime life insurance
global ime bank long

ग्रीन डेभलपमेन्ट बैंकको आजसम्म शेयर किन्नेले लाभांश पाउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज चैत १४ गते अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोली अर्थात चैत १५ गते एक दिनका लागि बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले चैत २७ गते बिहान ११ बजे होटल पिस प्यालेस, हरि शंकर रोड, बाग्लुङ्ग नगरपालिका २ मा बाह्रौँ वार्षिक साधारण सभा बोलाएको हो।

साधारण सभाले हाल कायम चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस शेयर, सोको कर प्रयोजनार्थ ०.३०२७ प्रतिशत नगद लाभांश वितरण गर्ने र बोनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको १ बराबर १.१०७१ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर वा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

prabhu mahalaxmi
kumari