stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

नेपाल एसबिआई बैंकद्धारा ग्लोबल मनी वीक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल मनी विक २०२५ को अवसरमा “think before you follow, wise money tomorrow” भन्ने नाराका साथ चैत्र ४ देखि १० गतेसम्म वित्तीय साक्षरता कार्यक्रमहरुको आयोजना गरेको छ ।

सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले स्कुल तथा कलेजका विद्यार्थीहरूलाई बचतको महत्व, ऋण तथा लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगी सम्बन्धी सचेतना र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणा लगायत विभिन्न विषयहरूमा जानकारी गराएको थियो ।

उक्त कार्यक्रमहरु कोशी प्रदेशको धर्मदेवी, बेल्टार, धरान, लिमचुङबुङ, बर्गाछी (बिराटनगर) र दमक, मधेस प्रदेशको राजगढ, लहान, चन्द्रनिगाहापुर, जनकपुर, हरिवन र सिमरा, बागमति प्रदेशको दरबारमार्ग, न्यूरोड रत्ननगर, हाकिमचोक, बट्टार, धादिङ, पाटन, बनेपा र हेटौंडा, गन्डकी प्रदेशको वालिङ, बागलुङ, सिसुवा र पोखरा, लुम्बिनी प्रदेशको पाल्पा, लमही, दाङ, सुनछहारी र भैरहवा, कर्णाली प्रदेशको सुर्खेत, सुदुर पश्चिम प्रदेशको धनगढी, शिबनाथ, अत्तरीया, गन्यापधुरा र महेन्द्रनगर लगायतका विभिन्न स्थानहरुमा सञ्चालित कार्यक्रममा पन्ध्र सय भन्दा बढी बालबालिका तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

prabhu mahalaxmi
kumari