sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा विभिन्न वित्तीय साक्षरताका कार्यक्रम

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ वाटै प्रदेशमा रहेका अफ्ना ४९ शाखा कार्यालयहरु बाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम संचालन गरेर थिंक बिफोर यू फलो, वाइज मनि टूमरो भन्ने मूल नाराका साथ गत चैत्र ४ देखि १० गते सम्म संचालन भएको ग्लोबल मनि विक हजारौँ सर्वसाधारण लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गरेर सम्पन्न गरेको छ ।

ग्लोबल मनि विक अन्तर्गत बैंकले कोशी प्रदेशको भोजपूर, महेन्द्रचोक विराटनगर, विर्तामोड, इटहरी, कर्सिया र शहिदभूमि, मधेश प्रदेशको वीरगन्ज, निजगढ, बोदेबर्साइ र जनकपूर, बाग्मती प्रदेशको भरतपुर, भैसेपाटी, मनहरी, मंगलपूर, चरिकोट, नारायणगढ, नारायणगोपाल चोक, धुमबाराही, ग्वार्खो, नयाँबजार, हरिहरपूरगढी, ज्यामिरे, टाँडी, कुलेश्वर, टेकु, लामबगर, डिल्लीबजार र सिन्धुली, गण्डकी प्रदेशको अमरापुरी, धारापानी बाग्लुङ्ग, चामे, दमौली, कावासोती र कोल्हुवा, लुम्बिनी प्रदेशको तुलसीपूर, जीतपूर, कालिकानगर, मनिग्राम, ओडारी, कोहलपूर र सूख्खानगर कर्णाली प्रदेशको जाजरकोट, जुम्ला, जुफल, सिमीकोट र नाम्खामा तथा सुदूरपश्चिम प्रदेशको ढकारी र पाटनमा विभिन्न वित्तिय साक्षरताका कार्यक्रमको आयोजना गरी वित्तीय ज्ञान प्र्रदान गर्ने कार्य गरेको छ ।

यस कार्यक्रम्रमा उपस्थित युवा तथा विद्यार्थीवर्गमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको छ । यस सँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैंकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराईएको थियो ।

नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ्ग प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ ।

यसबाट बैंकिङ्ग प्रणाली मजवुत हुने साथसाथै युवा र विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ ।

gold
kumari bank
nawakantipur long