stcnepal long ad
national life

आज माघ २१ गते कुमारी बैंकको चौबीसौं वार्षिक साधारण सभा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंक लिमिटेडको चौबीसौं वार्षिक साधारण सभा आज माघ २१ गते बस्ने भएको छ । बैंकको गत पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभाले सहायक कम्पनी कुमारी क्यापिटल र केबिएल सेक्यूरिटिज लिमिटेडको गत आर्थिक वर्षको वित्तीय विवरण लगायतका प्रस्ताव पारित गर्नेछ।

साधारण सभा काठमाडौंको टुंडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि शुरु हुने जनाएको छ ।

 

gold
kumari bank
kumari
nawakantipur long