stcnepal long ad
ime life insurance
national life
global ime bank long

अधिकांश वाणिज्य तथा विकास बैंकहरुले माघमा ब्याजदर स्थिर राखे

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अधिकांश वाणिज्य तथा विकास बैंकहरुले माघमा ब्याजदर स्थिर राखेका छन्।अधिकांश बैंकहरुले भोलि माघ १ गतेदेखि लागू हुने ब्याजदर आज पुस २९ गते सार्वजनिक गरेका छन्।

हालसम्म प्राप्त केही बैंकहरुको सूचना हेर्दा सबैले पुसकै ब्याजदरलाई माघमा निरन्तरता दिएका छन्।

अहिलेसम्म वाणिज्य बैंकहरुमध्ये ग्लोबल आइएमई, एनआईसी एसिया बैंक, लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंक, कुमारी बैंक र प्रभु बैंकको सूचना प्राप्त भएको छ। यी सबैले पुसकै व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर माघमा निरन्तरता दिएका छन्।

पुसमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ग्लोबल आइएमई बैंकले ५.७५ प्रतिशत, एनआईसी एसिया बैंकले ६.६० प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५.७५ प्रतिशत, एभरेष्ट बैंकले ६ प्रतिशत, कुमारी बैंकले ५.३१ प्रतिशत र प्रभु बैंकले ६.१० प्रतिशत दिएका थिए। माघमा पनि यही ब्याजदर ग्राहकहरुले पाउने भएका छन्।

उता राष्ट्रियस्तरका विकास बैंकहरु गरिमा विकास बैंक, कामना सेवा विकासबैंक र महालक्ष्मी विकास बैंकले पनि पुसमा दिइएको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन्।

पुसमा यी तीनवटै विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.५ प्रतिशत ब्याजदर दिएका थिए। अहिले यी ब्याजदरलाई माघ पनि निरन्तरता दिएका छन्।

यसरी अहिलेसम्म प्राप्त सूचना हेर्दा वाणिज्य बैंक र विकास बैंकहरुले पुसकै ब्याजदरलाई माघमा निरन्तरता दिने अनुमान लगाउन सकिन्छ।

नियामकीय प्रावधानअनुसार बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा १ प्रतिशत बढी रेमिट्यान्स खातामा र १ प्रतिशत कम संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्नुपर्छ।

IME Lifesidebar
kumari