stcnepal long ad
ime life insurance
national life
global ime bank long

जीवन विकास लघुवित्त वित्तीय संस्थाको छैटौँ साधारणसभा सम्पन्न

१४ प्रतिशत बोनस सेयर वितरण गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको छैटौँ साधारणसभाले बोनस सेयरको वितरणको प्रस्ताव पारित गरेको छ । आइतबार केन्द्रीय कार्यालय कटहरिमा भएको साधारण सभाले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

आर्थिक वर्ष २०७९/०८० को वितरण योग्य मुनाफाबाट पनि जीवन विकासले १४ प्रतिशत नै बोनस सेयर वितरण गरेको थियो । आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट पनि सेयर सदस्यहरूका लागि १४ प्रतिशत बोनस वितरण गरेको हो ।

साधारण सभाले लागि ०.७३६८ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । यो नगद लाभांश बोनस सेयरको कर प्रयोजन समेतका लागि हो ।

जीवन विकासको चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ थियो । छैटौँ साधारणसभाबाट १४ प्रतिशत अर्थात् १८ करोड ८६ लाख ५२ हजार ६४६ रुपैयाँ रुपैयाँ बोनस सेयर पारित भएपछि भएपछि जीवन विकासको चुक्ता पुँजी १ अर्ब ५३ करोड ६१ लाख ७१ हजार ५४६ रुपैयाँ पुगेको छ ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाको  सेवा ३१ जिल्लामा पुगेको छ ।  यस अघि २४ जिल्लामा थियो । लघुवित्त कार्यक्रम विस्तार गर्दै जीवन विकासले ३१ जिल्लामा सेवा प्रवाह गरिरहेको हो । जीवन विकासको शाखा संख्या १६० वटा छन् ।

१६० शाखा कार्यालय मार्फत आर्थिक वर्ष २०८०/०८१ मा ३ लाख ५२ हजार २५९ विपन्न परिवारलाई घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले जानकारी दिए ।

नेपालको दोस्रो ठुलो लघुवित्तको पहिचान बनाएको जीवन विकासको कुल सम्पत्ति २८ अर्ब २२ करोड ९७ लाख ४ हजार पुगेको छ ।

लघुवित्तले १० अर्ब ५३ करोड ३० लाख ४३ हजार रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । २७ अर्ब २१ करोड ४४ लाख ५० हजार रुपैयाँ ऋण लगानी गरेको छ ।

IME Lifesidebar
kumari