stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

आज सिद्धार्थ बैंकको तेइसौं वार्षिक साधारण सभा

ग्राधिकार सेयर जारी गर्ने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ बैंकले आज पुस २८ गते तेइसौं वार्षिक साधारण सभा डाकेको छ । साधारण सभाले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट कर सहित प्रस्ताव गरेको ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, बैंकले १०० रुपैयाँका दरले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको एसबीएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा  नियमावली  संशोधन गर्न सञ्चालक  समितिलाई  अख्तियारी दिने  प्रस्ताव पनि छ ।

लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभाले पारित गर्नेछ । साधारण सभामा संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ ।

साधारण सभा प्रयोजनार्थ बैंकले गत पुस १४ गते एक दिनका लागि बुक क्लोज गरेको छ । तसर्थ, पुस १३ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र साधारण सभामा भाग लिन पाउने छन् । साधारण सभा, आर्मी अफिसर्स, क्लब भद्रकाली काठमाडौंमा बिहान १०.३० बजेदेखि सुरु हुनेछ ।

prabhu mahalaxmi
kumari bank
kumari