citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

नेपाल टेलिकमको आज पुस २८ गते सत्रौं वार्षिक साधारण सभा बस्दै

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गएको वर्ष ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

कम्पनीको प्रस्तावित लाभांश पारित गर्न आज सत्रौं वार्षिक साधारण सभा बस्ने भएको छ । सो
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गरेको छ ।

यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश पाउन सक्नेछन् ।

साथै साधारण सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ । साधारण सभा आज पुस २८ गते आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

gold
himalayan life insurance long ad