stcnepal long ad
ime life insurance
national life
global ime bank long

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको साधारणसभा आज

बोनस शेयर वितरणको प्रस्ताव पारित गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको वार्षिक साधारणसभा आज (पुस १९ गते) बस्दैछ । साधारण सभाले चुक्ताँ पुँजीको ५ प्रतिशतले हुन आउने २३ करोड ६६ लाख ८४ हजार ५४८ बराबरको कर सहित नगद लाभांश र सञ्चित मुनाफाको ३ प्रतिशत अर्थात् १४ करोड २० लाख १० हजार ७२९ रुपियाँ बराबरको बोनस शेयर वितरणको प्रस्ताव पारित गर्नेछ ।

साधारण सभाले गत आर्थिक वर्षको लेखापरीक्षक सहितको वार्षिक प्रतिवेदन, असार मसान्तसम्मको वित्तीय विवरण, नाफानोक्सान, नगद प्रवाह लगायतका विषयमाथि छलफल गरी पारित गर्नेछ ।

चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक शेयरधनीका तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीका तर्फबाट ३ जना सञ्चालक निर्वाचन गर्ने लगायतका एजेण्डा रहेका छन् ।

लाभांश र साधारण सभा प्रयोजनका लागि बैंकले पुस ३ गते एक दिन बुक क्लोज गरिसकेको छ । पुस २ गतेसम्म कायम रहने शेयधरनीले प्रस्तावित लाभांश पाउनुका साथै साधारण सभामा सहभागी हुन पाउने छन् ।

साधारण सभा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल प्रा.लि., मणिग्राम रुपन्देहीमा बिहान ११ बजेदेखि बस्नेछ ।

IME Lifesidebar
kumari