stcnepal long ad
ime life insurance
global ime bank long

सांग्रिला डेभलपमेन्ट बैंकको २० औं वार्षिक साधारण सभा पुस २९ गते

लाभांश र मर्जर प्रस्ताव

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले यही पुस २९ गते सोमबार २० औं वार्षिक साधारण सभा बोलाएको छ। बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो।

साधारण सभाले चुक्ता पूँजीको ३.६५१६ प्रतिशत बोनस शेयर र ०.१९२२ प्रतिशत नगद लाभांश कर समेत वितरणको प्रस्ताव पारित गर्नेछ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ।

त्यसैगरी बोनस शेयर वितरणपछि चुक्ता पूँजी बढ्ने भएकाले सोही बमोजिम बैंकको प्रबन्धपत्र र नियमावली संशोधन गर्न र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न सञ्चाल समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ।

साधारण सभा प्रयोजनार्थ बैंकले पुस १७ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।

 

prabhu mahalaxmi
kumari