stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

माउन्टेन इनर्जी नेपालको पुस २८ गते साधारण सभा

कम्पनीले पुस ११ गते बिहीबार बुक क्लोज गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको पुस २८ गते साधारण सभा बस्ने भएको छ । साधारण सभामा कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।

साथै, साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

त्यसैगरी, बोनस सेयर वितरण पश्चात कायम हुने पुँजीमा ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते बिहीबार बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १० गते बुधबारसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्नेछन् ।

साधारण सभा, अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ ।

 

prabhu mahalaxmi
kumari