stcnepal long ad
global ime bank long

आइएमई घरमैको – १ लाख को भाग्याशाली विजेता बने रोकाया

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । आइएमई सेवाग्राही मंगलबहादुर रोकाया आइएमई घरमैको विजेता घोषित हुनुभएको छ ।

सफ्टवेयर पद्वतिमा आधारित ‘लक्की–ड्र’ मार्फत रोकाया विजेता घोषित हुनुभएको हो । विजेता रोकायाले रू. एक लाख (१,००,०००) पुरस्कार राशी प्राप्त गर्नुभएको छ ।
आइएमई लिमिटेडले कोरोना भाइरस (कोभिड ( १९) को प्रभावलाई मध्यनजर गर्दै घरबाहिर ननिस्की नै रेमिटेन्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि “आइएमई घरमै– रू. १ लाख जितौं” भन्ने उपहार कार्यक्रम योजना गत जेठ ३१ गतेबाट सुरू गरेको थियो ।
सामान्य अवस्थामा नेपालभित्र गरिने रेमिटेन्स वा विदेशबाट आएको रेमिटेन्सलाई एजेन्ट कहाँ गई रकम लिन सकिने भए तापनि हाल बाहिर निस्किँदा सङ्क्र्रमणको जोखिम हुने भएकाले आफ्नो मोबाइल फोनमा नै रकम प्राप्त गर्न सकिने गरी यो सेवाग्राहीमुखी योजना सार्वजनिक गरिएको थियो ।
२०७७ साल असारको अन्त्यसम्म मात्र कायम “आइएमई घरमै” उपहार योजनाबाट आइएमई गरिएको रकम आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने १ जना भाग्यशालीलाई रू. १ लाख र हरेक हप्ता ५ जनालाई जनही रू. ५ हजार प्रदान गरिने गरी सार्वजनिक गरिएको थियो ।
आम सेवाग्राहीहरूको सुविधालाई मध्यनजर गर्दै आइएमईले आफ्नो स्थापना कालदेखि नै विभिन्न सेवाग्राहीमुखी उपहार योजना सार्वजनिक गर्दै आइरहेको छ ।
स्वदेश तथा विदेशबाट आइएमई गरिएको रकम आइएमई पेमा प्राप्त गर्दा हरेक कारोबारमा रू. ५० बोनस स्वरूप प्राप्त गर्न सकिने व्यवस्था यो सँगसँगै मिलाइएको थियो ।
विजेतालाई उपहार रकम आइएमई पे मोबाइल वालेटमा नै प्रदान गरी सामाजिक दूरी कायम गर्न प्रोत्साहन गरिएको थियो ।

IME Lifesidebar
kumari