stcnepal long ad
global ime bank long

नेपाल प्रहरीलाई ‘लिडारस्पिड गन’ हस्तान्तरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  यातायात व्यवस्था विभागले नेपाल प्रहरीलाई ८ थान लिडार स्पिड गन (Lidar Speed Gun) प्रदान गरेको छ । प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई यातायात व्यवस्था विभागका महानिर्देशक ई. गोगन बहादुर हमालले ८४ लाख रुपैयाँ मूल्य बराबरका उक्त गन हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सवारी साधनको तीव्र गतिबाट हुने दुर्घटना तथा जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले लिडार स्पिड गन हस्तान्तरणका लागि यातायात व्यवस्था विभागप्रति आभार व्यक्त गर्नुभयो ।तीव्र गतिबाट हुने सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले टाइम कार्ड, राडर गन, सिसिटिभी जस्ता प्रविधि अपनाईरहेको सन्दर्भमा उच्च प्रविधिको गन थप हुँदा ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीलाई अझ सघाउ पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीलेसडक दुर्घटनाबाट हुने जनधनको क्षतितर्फ नेपाल प्रहरी सजग र संवेदनशीलरहेको सन्दर्भमा यातायात व्यवस्था विभाग समेत संवेदनशील रही सडक सुरक्षाको लागि अझ लागी पर्नुपर्नेमा जोड दिनुभयो । विभागबाट यस्ता प्रविधिहरु थप जडान हुने अपेक्षा रहेको उहाँले उल्लेख गर्नुभयो ।
यातायात व्यवस्था विभागका महानिर्देशक ई.हमालले यातायात क्षेत्रमा अनुशासन कायम गरी यातायात व्यवस्थापन गर्न प्रविधिको प्रयोग अनिवार्य भइसकेको चर्चा गर्दै यातायात व्यवस्थापनलाई प्रविधिमय बनाउन विभाग लागी परेको बताउनुभयो ।

समग्र यातायात प्रणालीलाई व्यवस्थापन गर्न इम्बोस्ड नम्बर जडान, सार्वजनिक सवारी साधनमा जिपिएस प्रणाली जडान, स्मार्ट लाईसेन्स वितरण लगायतका कार्य गरिरहेको उहाँले चर्चा गर्नुभयो ।

सवारी साधनको तीव्र गतिको कारण राज्यलाई ठूलो धनजनको क्षति भएको र सार्वजनिक सवारी साधनमा समेत अपराधजन्य घटना घटिरहेको अवस्थामा यसको न्यूनीकरणको लागि लिडार स्पिड गनको महत्व रहेको बताउँदै आगामी दिनमा नेपाल प्रहरीसँग थप सहकार्य गरेर अगाडि बढ्ने समेत उहाँले बताउनुभयो ।
सो अवसरमा प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेश कुमार लाल कर्णले लिडार स्पिड गनबारे प्रस्तुतीकरण गर्दै सडकमा गुड्ने सवारीको गति मापन, सवारी साधन र सवारी चालक पहिचान तथा प्रमाण संकलनका लागि उक्त गन प्रयोग हुने जानकारी गराउनुभयो ।

IME Lifesidebar
kumari