stcnepal long ad
himalayan life insurance long ad

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको बैंकिङ प्रणाली अवरुद्ध हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो मुख्य बैंकिङ प्रणाली ९कोर बैंकिङ सिस्टम० स्तरोन्नति गर्न लागेको छ।

आधुनिक प्रविधिको प्रयोगमार्फत सुरक्षित र नवीनतम बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले हाल प्रयोग गरिरहेकोFinacle Core Banking Solution Version 7.0.25 लाई Finacle Core Banking Solution Version 10.2.25 मा स्तरोन्नति गर्ने निर्णय गरेको हो।

यस प्रक्रियाका लागि बैंकले २०८१ मंसिर २९ गते शनिबारदेखि २०८१ मंसिर ३० गते आइतबारसम्म र २०८१ पौष १ गते सोमबार मध्यरात १२ बजेदेखि बिहान ४ बजेसम्म केही सेवा अवरुद्ध हुने जानकारी गराएको छ।

यस अवधिमा बैंकका हॉलिडे काउन्टर, चेक क्लियरिङ, र नगद सम्बन्धी सेवा लगायतका काउन्टर सेवाहरू पूर्ण रूपमा अवरुद्ध हुनेछन्। त्यस्तै, एटीएम, मोबाइल बैंकिङ र डिजिटल बैंकिङसँग सम्बन्धित अन्य सेवाहरू अवरुद्ध हुन सक्ने सम्भावना रहेको छ।

बैंकले अन्य समयमा सेवाहरू सुचारू रहने जनाएको छ। यस प्रक्रियाले ग्राहकहरूलाई थप सुरक्षित, सरल, र प्रभावकारी सेवा प्रदान गर्न मद्दत गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।

स्तरोन्नतिका कारण सेवामा पर्न सक्ने असुविधाप्रति बैंकले ग्राहकहरूसमक्ष क्षमायाचना पनि गरेको छ। थप जानकारीका लागि बैंकले आफ्नो हेल्पडेस्क र सम्पर्क नम्बरमार्फत सहायता लिन अनुरोध गरेको छ।