फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक शेयरधनीको नाममा रहेको ७१ हजार ९१५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
प्रतिकित्ता न्यूनतम मूल्य २८० रुपियाँ तोकिएको यो शेयर संस्थापक शेयरधनी तथा अन्य जो कोही व्यक्तिले किन्न पाउने छन् ।
इच्छुक खरिदकर्ताले ३५ दिनभित्र आवश्यक कागजात सहित संस्थाको केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौंमा निवेदन दिनुपर्नेछ ।





















