citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

वित्तीय क्षेत्रभन्दा बाहिर साढे ७ खर्ब, राष्ट्र बैंकको ढुकुटीमा ६ खर्ब १७ अर्ब

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । वित्तीय क्षेत्रभन्दा बाहिर करिब साढे ७ खर्ब रकम चलन चल्तीमा रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिक महिनासम्मको तथ्यांकअनुसार चलनचल्तीमा रहेको मुद्रा (करेन्सी इन सर्कुलेसन) ७ खर्ब ४५ अर्ब ९१ करोड रहेको देखिएको हो ।

राष्ट्र बैंकका अनुसार पछिल्लो ४ महिनामा यस्तो चलन चल्तीमा रहेको रकम ६५ अर्ब ८६ करोड ६१ लाख रुपैयाँले बढेकोे छ । गत असार मसान्तसम्ममा बजारमा ६ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ चलनचल्तीमा रहेको थियो ।

कात्तिकमसान्तसम्म आइपुग्दा ७ खर्ब ४५ अर्ब ९१ करोड पुगेको हो । यसबीचमा दसैं, तिहार, छठ लगायतका चाडपर्व परेकाले चाडबाँड खर्चको लागि वित्तीय प्रणालीबाट ठूलो रकम बाहिरिदा चलनचल्तीका मुद्रा बढेको हो ।

यसैगरी राष्ट्र बैंकको तथ्यांक अनुसार कात्तिक मसान्तसम्ममा राष्ट्र बैंकको ढुकुटीमा ६ खर्ब १७ अर्ब ४ करोड २२ लाख रुपैयाँ सञ्चित रहेको छ । पछिल्लो ४ महिनामा सञ्चित रकम ४४ अर्ब ९६ करोड रुपैयाँले बढेको हो । गत असारको अन्त्यसम्ममा ५ खर्ब ७२ अर्ब ७ करोड रुपैयाँ राष्ट्र बैंकको ढुकुटीमा रहेको थियो ।

हालसम्म राष्ट्र बैंकको दायित्व २२ खर्ब २७ अर्ब १९ करोड ५९ लाख रुपैयाँ छ । दायित्व पनि गत असारको तुलनामा १ खर्ब ७० अर्बले रुपैयाँले बढेको छ । गत असारसम्म २० खर्ब ५६ अर्ब ५३ लाख दायित्व रहेको देखिन्छ ।

केन्द्रीय बैंकले आवश्यकता हेरी मनि सप्लाई घटबढ गर्ने गर्छ । मुद्रा प्रदाय (मनि सप्लाई) बढाउँदा ब्याजदर वृद्धि, बचत, लगानी तथा उत्पादन विस्तार र थप रोजगारी सिर्जना हुन्छ ।

केन्द्रीय बैंकले पुराना, धुजा परेका, च्यातिएका, भिजेका, राजाको फोटो भएका, रंग लागेका नोटहरु बैंक–वित्तीय संस्था मार्फत् बजारबाट खिच्ने गरेको छ भने आवश्यकता अनुसार नयाँ नोट पठाउँछ ।

gold
himalayan life insurance long ad