stcnepal long ad
national life

नेपाल इन्फ्रान्सट्रक्चर बैंकको वार्षिक साधारणसभा पुस ४ गते

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले छैटौं वार्षिक साधारणसभा पुस ४ गते बिहिबार बोलाएको छ।

बैंकको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले बबरमहल हाइटस्थित कार्की ब्याङ्केटमा बिहान ९ बजे सभा बस्ने निर्णय गरेको हो।

बैंकले यसअघि नै गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगरी बैंकको वित्तीय अवस्था थप सुदृढ र सवलिकरणका लागि सञ्चित गर्ने निर्णय गरिसकेको छ। यसर्थ बैंकले साधारण सभाका लागि लाभांश सम्बन्धी कुनै प्रस्ताव समावशे गरेको छैन।

साधारण सभामा गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायत अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गरिनुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुनेछ।

साथै बैंकको प्रबन्धपत्र संशोधन गर्ने र सोका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारण सभाका लागि तय गरिएका छन्।

साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर २१ गते एक दिन बुक क्लोज गर्नेछ। यसर्थ मंसिर २० गतेसम्म कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन्।

बैंकले अघिल्लो आर्थिक वर्षमा शेयरधनीहरूलाई ४.२१०५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गरेको थियो।

gold
kumari bank
kumari
nawakantipur long