stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सानिमा बैंकको १७.२७ प्रतिशतले नाफामा सामान्य गिरावट

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा बैंक चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा नाफा सामान्य गिरावट देखिएको छ। गत वर्षको सोहि अवधिको तुलनामा १७.२७ प्रतिशतले नाफामा गिरावट आएको हो ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले ३९ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी १३.२६ प्रतिशत, कुल सञ्चालन आम्दानी ५.१५ प्रतिशत र सञ्चालन मुनाफा २०.८० प्रतिशत घटेको छ।

खुद फि तथा कमिशन आम्दानी ७.५२ प्रतिशत बढेको छ। बैंकको खराब कर्जा ।९२ बाट बढेर १.३८ पुगेको छ ।

त्यस्तै, असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा रहेको छ।

बैंकको १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी छ । भने जगेडा कोष ५.३७ प्रतिशत बढेको छ।  बैकले  यो  अवधिमा  बैंकको निक्षेप १.३४  प्रतिशत र  कर्जा तथा  सापटी ०.९२ प्रतिशत बढाएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari